अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पदाधिकारी बैठक छाडेर प्रचण्ड सोलुखुम्बु

पदाधिकारी बैठक छाडेर प्रचण्ड सोलुखुम्बु


काठमाडौं – समानुपातिक प्रणाली तर्फको उम्मेदवारको बन्द सूची बुझाउने अन्तिम दिन दलहरु पार्टीभित्र विवाद मिलाउन छलफलमै व्यस्त छन्।

यस्तै नेकपा माओवादी केन्द्रभित्र पनि समानुपातिक उम्मेदवार चयन गर्न सकस परेको छ।

आज बिहान ९ बजे पदाधिकारी बैठक बोलाइएको थियो। तर, त्यही समयमा बैठक स्थगित गरेर पार्टी अध्यक्ष प्रचण्ड भने सोलुखुम्बु पुग्नु भएको छ। सेनाको हेलिकप्टरमार्फत प्रचण्ड, अर्थमन्त्री समेत रहेका उपमहासचिव जनार्दन शर्मालाई लिएर सोलुखुम्बु पुग्नु भएको हो ।

अध्यक्ष प्रचण्ड त्यहाँ केहीबेर कार्यक्रममा सहभागी भएर आजै केहीबेरपछि फर्कने कार्यक्रम छ। प्रचण्ड फर्किएपछि पदाधिकारी बैठक बस्ने र समानुपातिक उम्मेदवार टुंगो लगाएर निर्वाचन आयोग जाने तयारी रहेको एक नेताले जानकारी दिनु भयो ।