काठमाडौं – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् ।
माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो । तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिनुभयो ।
महराले भन्नुभयो, ‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको हो । आयोगमा सूची बुझाउँदा मेरो नाम समानुपातिक नाम राखिएको कि राखिएन थाहा भएन ।’
महरा दाङ क्षेत्र नम्बर २ बाट र एकबाट सिफारिस हुनुभएको थियो । तर, उहाँ दाङ क्षेत्र नम्बर २ बाट एमाले महासचिव शंकर पोखरेलसँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले छोडेका हुन् ।
महासचिव पोखरेलसँग गठबन्धन हुँदा समेत प्रतिस्पर्धा गाह्रो हुने देखेपछि महरा समानुपातिकतिर गएका हुन् ।






प्रतिक्रिया