काठमाडौं -नेकपा एमालेले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि समानुपातिक तर्फको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।
समानुपातिकमा संघतर्फ ११० र प्रदेशतर्फ २२० जनाको सूची बोकेर एमाले निर्वाचन विभाग उपप्रमुख निरज आचार्यसहितको टोली आयोग पुग्नुभएको हो ।
उहाँले केन्द्रीय समिति बैठकले गरेको निर्णय अनुसारको बन्द सूचि तयार पारिएको बताउनु भयो ।
आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । तर, अधिकांश दलहरुले अन्तिम दिन सोमबार बन्दसूची बुझाइरहेका छन् ।







प्रतिक्रिया