अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रले बुझायो समानुपातिक उम्मेदवारको सूची

माओवादी केन्द्रले बुझायो समानुपातिक उम्मेदवारको सूची


काठमाडौं – नेकपा माओवादी केन्द्रले मंसिर ४ गते हुने निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बुझाएको छ ।

माओवादी केन्द्रका महासचिव देव गुरुङ, सचिव लिलामणी पोखरेल लगायतका नेताहरु सोमबार अपराह्न निर्वाचन आयोगको कार्यालय पुगेर सूची बुझाएका हुन् ।

माओवादी केन्द्रले क्लस्टरअनुसार समानुपातिकको सूची तयार गर्न कार्यदल बनाएको थियो । महासचिव गुरुङको नेतृत्वमा तीन सदस्यीय कार्यदललाई आज सूची बुझाउन भनिएको थियो । कार्यदलले बुझाउने सूचीमा मंगलबार पदाधिकारी बैठक बसेर अन्तिम टुंगो लगाउने भनिएपनि अध्यक्ष प्रचण्ड राजधानी बाहिर जानु भएका कारण कार्यदलले बनाएकै सूची आयोगमा बुझाएका हुन् ।  

Skip This