अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका ११० जनामध्ये यी महिला नेतृहरू परे समानुपातिकमा

एमालेका ११० जनामध्ये यी महिला नेतृहरू परे समानुपातिकमा


काठमाडौं – नेकपा एमालेले यसपटक संघीय साँसदमा समानुपातिक तर्फ नयाँ र युवा अनुहारहरूलाई अघि सारेको छ । जनसंगठन तथा पार्टीका विभिन्न निकायमा सामेल भएर मोर्चामा सक्रिय भएकाहरुलाई पार्टीले समानुपातिकमा अघि सारेको हो ।

यो बेलालाई प्राप्त जानकारी अनुसार महिलाको क्लस्टरमा पूर्व सूचना तथा सञ्चार प्रविधि मन्त्री नैनकला थापालाई समानुपातिक सुचीमा राखिएको छ । थापा एमाले उपाधक्ष्य रामबहादुर थापाकी श्रीमती हुनुहुन्छ । यसैगरी केन्द्रीय सदस्य दिपा शर्मा,अनेरास्ववीयूकी अध्यक्ष एवं पार्टी केन्द्रीय सदस्य सुनिता बराल,यूवा संघ नेपालका उपाधक्ष्य क्रान्ती बुर्लाकोटी,पूर्व केन्द्रीय सदस्य उमा कोइराला,भक्त कुमारी लामालाई पनि समानुपातिक सुचीमा राखेको छ ।

 यस्तै कर्णाली प्रदेश सदस्य मेनका पछाई,झापा दमककी निरु पुलामी,दैलेखकी सूर्य कुमारी श्रेष्ठ,कालीकोटकी इन्दिरा सन्जेललाई पनि पार्टीले समानुपातिक सुचीमा राखेको एमाले स्रोतले जानकारी दिएको छ ।

यसैगरी हर्कमाया विक, अञ्जु प्रसाईं बर्देवा आदिलाई पनि एमालेले महिलातर्फको समानुपातिक सुचीमा राखेको छ ।
निर्वाचन विभाग उपप्रमुख निरज आचार्यका अनुसार उपमहासचिव एवं निर्वाचन विभागका प्रमुख विष्णु रिमाल नेतृत्वको टोलीले निर्वाचन आयोगमा अपरान्ह १ सय १० जनाको समानुपातिक सुची बुझाएको हो ।