अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

वीर अस्पताल अगाडिका फार्मेसीमा पनि महानगरले डोजर चलायो

वीर अस्पताल अगाडिका फार्मेसीमा पनि महानगरले डोजर चलायो


काठमाडौं – काठमाडौं महानगरपालिकाले वीर अस्पताल वरिपरि अवैध रुपमा निर्माण गरिएका फार्मेसीहरुमा डोजर चलाएको छ ।

महानगरले बिहीबार दिउँसो वीर अस्पताल अगाडिका फार्मेसी सञ्चालन भएका टहराहरु भत्काएको हो।

काठमाडौं महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार अवैध रुपमा बनेका टहराहरु भत्काउन बुधबार २४ घण्टे अल्टिमेटम दिइएको थियो। सोही अनुसार बिहीबार दिउँसो १ बजे महानगरको डोजर त्यहाँ पुगेको हो।

डोजरले टहरा भत्काउन थालेपछि कतिपय औषधि पसलका सञ्चालकले हतार हतार सामान उठाएका थिए।