अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै महानगर

अनामनगर क्षेत्रका अवैध संरचना हटाउँदै महानगर


काठमाडौं – काठमाडौं महानगरपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना हटाउन थालेको छ।

काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको छ।

अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरको निर्देशन बेवास्ता गर्दै बसेका संरचनामा डोजर लगाउने तयारी भएको महानगरपालिका नगरप्रहरी प्रमुख राजु नाथ पाण्डेले जानकारी दिनु भयो । सो क्षेत्रमा सार्वजनिक जग्गा मिचेर टहरा निर्माण गरेको पनि पाइएको छ। महानगरले करीब एक महिनादेखि अवैध संरचना भत्काउने अभियान सुरु गरेको छ।