अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको ‘पार्टी क्रस,लाख प्लस’कार्यक्रम आज धनुषा र केन्द्रीय कार्यलयमा एकैचोटी हुने

एमालेको ‘पार्टी क्रस,लाख प्लस’कार्यक्रम आज धनुषा र केन्द्रीय कार्यलयमा एकैचोटी हुने


काठमाडौ -स्थानीय चुनाव देखि हालसम्म १ लाख २२ हजार नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् । त्यसको अवसरमा आज एमालेले ‘पार्टी क्रस,लाख प्लस’ कार्यक्रम गर्दैछ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार यो कार्यक्रम आज एकै चोटी दुई ठाउँमा आयोजना गरिएको छ । यस अवसरमा धनुषामा अध्यक्ष केपी शर्मा ओलीले लोसपाका प्रमुख सचेतक उमाशंकर अरगरीया लगायतलाई एमाले प्रवेश गराउदै हुनुहुन्छ । यसै गरी पार्टी केन्द्रीय कार्यलयमा महासचिव शंकर पोखरेलले विभिन्न पार्टी त्यागेर एमाले प्रवेश गरेका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराएर कार्यक्रमको उद्घाटन गर्दैहुनुहुन्छ ।