काठमाडौँ-सोलुखुम्बुको फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा एक विदेशी पर्यटकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किएर दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिएका छन् ।
उनका अनुसार अवतरणका क्रममा दुवै हेलिकोप्टरका पंखा आपसमा ठोक्किएका थिए । दुर्घटनाबारे थप विवरण संकलन भइरहेको र घटनाको वास्तविक कारणबारे बुझ्ने प्रयास भइरहेको उनले बताए ।
दुर्घटनामा एक विदेशी पर्यटकको मृत्यु भएको र अर्का एक जना घाइते भएको जनाइएको छ ।



प्रतिक्रिया