काठमाडौँ – सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मञ्चको आयोजनामा विजया दशमी, शुभ दीपावलीको अवसरमा शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौंको मित्रपार्कको गोल्डेन पार्टी प्यालेसमा एक कार्यक्रमबीच शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो ।
नेपालीहरूको महान् चाड नजिकिएसँगै सम्पर्क मञ्चले सिन्धुपाल्चोकबाट विभिन्न पेसा व्यवसाय गर्दै काठमाडौँ बस्नुभएका एमाले कार्यकर्ताहरूलाई चाडपर्व शुभकामना तथा चियापान कार्यक्रम आयोजना गरेको हो ।
सिन्धुपाल्चोक-काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य अरुण नेपाल, एमाले केन्द्रीय सदस्य दावा लामा, नेताहरू हस्त पण्डित, झम्क नेपाल, डोल्मा तामाङ, कमल नेपाल,टपेन्द्र तिमल्सिना, विष्णुमणि आचार्य, शिवहरी आचार्यलगायत नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले शुभकामना दिनुहुँदै सिन्धुपाल्चोकमा गठबन्धनको कुनै डर नभएको जिकिर गर्नुभयो । उहाँले आगामी निर्वाचनमा एमालेले सिन्धुपाल्चोकको दुवै निर्वाचन क्षेत्र जित्ने दाबी गर्नुभयो ।
त्यस्तै कार्यक्रममा लोक गायक गायिकाहरूले साँस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिकाका १५ जना युवा एमाले प्रवेश गर्नुभएको थियो । उहाँहरूलाई प्रमुख अतिथि शेरबहादुर तामाङ, अरुण नेपाललगायत अतिथिहरूले खादा र माला लगाएर एमालेमा स्वागत गर्नुभएको थियो ।






प्रतिक्रिया