धनुषा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी, भ्रष्टाचारी भएको बताउनु भएको छ। शनिबार धनुषाको तिनकोरियामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले सरकार र गठबन्धनप्रति आक्रोश पोख्नु भएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘यो सरकार अलोकतान्त्रिक, तानाशाही, स्वेच्छाचारी, भ्रष्टाचारी सरकार हो। त्यसैले यो सरकारको कुकर्महरु रोकेर यसलाई पराजित गर्ने उत्तरदायित्व हाम्रो हो।’
सरकारले निर्वाचनमा हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको आरोप लगाउनु भयो ।
अध्यक्ष ओलीले देशलाई खुनखराबामा लैजान, हिंसामा लैजान, अलोकतान्त्रिक र तानाशाही बाटोमा लैजान दुष्चेष्टा गठबन्धनले नगरोस् भन्दै चेतावनी दिनुभयो। उहाँले भन्नुभयो, ‘म चेतावनीका साथ भन्न चाहन्छु। नेकपा एमाले पनि यस देशमा छ। जसो पायो त्यसो गर्न दिँदैन भन्ने कुरा उनीहरुलाई खबरदारी गर्न चाहन्छु ।’







प्रतिक्रिया