अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विरोधीलाई भानुभक्तको व्यंग्य : एउटा अण्डा पार्ने कुखुराले गाउँभरी हल्ला गर्यो,हजार अण्डा पार्ने माछा शान्त बस्यो

विरोधीलाई भानुभक्तको व्यंग्य : एउटा अण्डा पार्ने कुखुराले गाउँभरी हल्ला गर्यो,हजार अण्डा पार्ने माछा शान्त बस्यो


विराटनगर -नेकपा एमालेका स्थायी समिती सदस्य एवं पूर्वमन्त्री भानुभक्त ढकाल शान्त स्वभावका नेता हुनुहुन्छ । केपी ओली सरकारका पालामा कानुन,स्वास्थ्य र पर्यटन मन्त्री गरी तीनवटा मन्त्रालय हाँक्ने सौभाग्य पाएका ढकाल अहिले पनि मोरङ क्षेत्र नं ३ बाट सर्वसम्मत उम्मेद्वार सिफारिस हुनु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचारमा रहेकै बेला ढकाल माथी केही सुनियोजित प्रहार सुरु गरिएको छ ।
तर ढकाल यस्ता प्रचारबाजीबाट बिचलित हुनु भएको छैन । आम एमाले कार्यकर्ताले मात्र होइन मतदाताले पनि ढकाल विरुद्धको प्रचारबाजीको प्रतिरोध गरिरहेका छन् । आज ढकालले कानेपोखरीमा समग्र निर्वाचन तयारीका बारेमा प्रेस चौतारी निकट पत्रकारहरुसँग एउटा छलफलको आयोजना गर्नुभयो । त्यस क्रममा ढकाल विरुद्धका प्रचारबाजीको प्रसंग पनि निस्कियो ।
खासगरी विगतको निर्वाचनमा ढकालका फराकिलो अन्तरका प्रतिवन्द्धी सुनिल शर्माले विभिन्न विकासका कामहरु गरें भनेर जस लिने, विभिन्न अनियमतताका हल्लामा ढकालको नाम जोडिदिने गरेकोले त्यसको प्रतिरोध गर्न चौतारीका पत्रकारहरुले सुझाए ।
तर ढकालले भने आफ्नौ मोलिक स्वभावमा सालिन जवाफ फर्काउनुभयो ‘कुखुराले एउटा अण्डा पार्यो भन्ने गाउँ थर्काउछ,माछाले हजार अण्डा पार्दा पनि शान्त नै बस्छ । एउटा अण्डा पार्ने को हुन् हजार अण्डा पार्ने को हुन् चुनावमा जनताले छुट्याउछन् ।’
पार्टी केन्द्रीय सदस्य युवराज बाँस्कोटाका अनुसार आज निर्वाचनमा परिचालन र प्रचारका विषयमा चौतारी निकट पत्रकारसँग कानेपोखरीमा अन्तरक्रिया गरिएको हो ।