अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडाअध्यक्ष पक्राउ

मन्दिरभित्र पसेको भन्दै दलितमाथि कुटपिट गरेको आरोपमा वडाअध्यक्ष पक्राउ


काठमाडौं – बाजुरामा दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा वडा अध्यक्ष पक्राउ परेका छन्।

त्रिवेणी नगरपालिका-७ का वडा अध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्।

उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिका घर र हाल कञ्चनपुर बस्दै आएका टीकाराम सुनारलाई कुटपिट गरेको र गर्न लगाएको आरोप छ।

बुधबार त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि वडा अध्यक्षको संलग्नतामा कुटपिट भएको उजुरी परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ।