अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङ-१ प्रदेशसभा ‘क’ मा एमालेका हिरा केसीद्वारा उम्मेदवारी दर्ता

बागलुङ-१ प्रदेशसभा ‘क’ मा एमालेका हिरा केसीद्वारा उम्मेदवारी दर्ता


बागलुङ – बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा (क) मा नेकपा एमालेका जिल्ला अध्यक्ष हिराबहादुर केसीले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

उम्मेदवारी दर्तापछि अध्यक्ष केसीले भन्नुभयो, ‘बाग्लुङ जिल्लाको समग्र विकास र सुखी नेपाली समृद्ध नेपालको राष्ट्रिय अठोटलाई पूरा गर्न मैले उम्मेदवारी दिएको छु । त्यसैले तपाई उपस्थिति निर्णायक बन्न सक्छ । आउनुहोस् एकताबद्ध भै हातमा हात मिलाउदै अगाडी बढौं । मलाई पार्टीले बागलुङ-१ को (क) प्रदेशको उम्मेदवार बनाउने निर्णय गरेको हुनाले सबैको सहयोगको अपेक्षा गरेको छु ।’

नेता केसी जिल्ला अध्यक्ष भएपछि अन्य पार्टीबाट एमाले प्रवेशको लहर बागलुङमा व्यापक भएको थियो । यो क्षेत्रबाट गठबन्धनका उम्मेद्वार चित्रहादुर केसी हुनुहुन्छ । एमालेका युवा उम्मेद्वारहरुको आगमनले चित्रबहादुरलाई थप चुनौति थपिएको स्थानी बासिन्दा बताउछन् ।