अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा एमालेबाट लेखराज भट्ट, नारदमुनि र झपटद्वारा मनोनय दर्ता

कैलालीमा एमालेबाट लेखराज भट्ट, नारदमुनि र झपटद्वारा मनोनय दर्ता


कैलाली – कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका सचिव तथा सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टले उम्मेदवारी दर्ता गराउनु भएको छ ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सचिव भट्टले मनोनयन दर्ता गराउनु भएको हो ।

त्यस्तै क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका लागि एमालेबाट झपट रावलले उम्मेदवारी दर्ता गराउनु भएको छ । क्षेत्र नम्बर २ (क) बाट कमला ओली र (ख) बाट डेजी पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै, क्षेत्र नम्बर ५ मा नेकपा एमालेका नेता नारदमुनि रानाले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यस्तै प्रदेशसभा (क) मा नेपालु चौधरी र (ख) बाट दुर्गा जोशीले मनोनयन दर्ता गराउनु भएको छ ।