अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फेसबुकमा समस्या, जुकरवर्गको फलोअर ९ करोडबाट ९ हजार

फेसबुकमा समस्या, जुकरवर्गको फलोअर ९ करोडबाट ९ हजार


काठमाडौं-सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ। फेसबुकमा आएको समस्याका कारण पेजमा फलोअर्स ह्वात्तै घटेका छन्।

फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरवर्ग आफै पनि यो समस्याको सिकार हुनुभएको छ । उहाँको फलोअरको संख्या अहिले ९ हजार ९९९ मा झरेको छ । यसअघि उहाँको फलोअर्सको संख्या करिब ९ करोड थियो।

यस्तै नेपाल सरकारका पूर्वसचिव भिम उपाध्यायले पनि आफ्नो पेजमा फलोअर्स घटेको बताउनु भएको छ । उहाँले आफ्ननो २ लाख ९४ हजार फलोअरबाट ९९०० फलोअरमा पुगेको बताउनु भएको छ । तर पछि उहाँले अर्को एउटा पोस्ट गर्दै वास्तविकतामा नघटेको भए पनि प्रोफाइल हेर्दा मात्र फलोअर्स कम देखिएको उल्लेख गनुभएको छ ।

यसअघि पनि फेसबुकका प्रयोगकर्ताहरुले आफ्नो फलोअर्स उल्लेख्य संख्यामा घटेको भन्दै गुनासो गर्दै आउनुभएको थियो ।फेसबुक बगले नक्कली खाताहरु हटाउँदा त्यस्तो खाता भएका फलोअर्स घटेको हुन सक्ने फेसबुकले बताउँदै आएको थियो । तर, जुकरवर्गकै फलोअर्स केवल ९ हजार ९९९ मा झर्नुले भने फेसबुकको प्रविधिमाथि नै प्रश्न उठेको छ ।

Skip This