अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गरिबको चमेली ग्यास दिने कोही छैन !

गरिबको चमेली ग्यास दिने कोही छैन !


काठमाडौँ-खाना पकाउने ग्यासको लामो समयदेखिको अभाव र बढ्दो महँगी नियन्त्रण गर्न माग गर्दै नेकपा (बहुमत)ले शनिबार काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन गरेको छ।

प्रदर्शनकारीहरूले थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाउँदै माइतीघरदेखि बबरमहलसम्म विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरूले ‘दुई तिहाइको सरकार, चार तिहाइको सङ्कट’, ‘भोको पेटले के भन्छ, भरी ग्यास दे भन्छ’ र ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनकारीहरूले दुई तिहाइ बहुमतको सरकारले समेत ग्यासजस्तो अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नसकेको र बढ्दो महँगी नियन्त्रणमा पर्याप्त ध्यान नदिएको आरोप लगाए।

प्रदर्शनका क्रममा नेकपा (बहुमत) का नेता लुइँटेलले तत्काल ग्यास आपूर्ति सहज बनाउन सरकारलाई चेतावनी दिए। उनले एक-दुई दिनभित्र सहज रूपमा ग्यास वितरण नभए कालोबजारी गर्ने डिलरहरूको सूची सार्वजनिक गर्ने बताए।

त्यसपछि पनि समस्या समाधान नभए जनता आफैँ डिलरमा पुगेर ग्यास कब्जा गरी निःशुल्क वितरण गर्न बाध्य हुने चेतावनीसमेत उनले दिएका छन्।