अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राससका श्रमजीवी पत्रकारको रोजगारी सुनिश्चिताका गर्न पेशागत संगठनको माग, हटाए महासंघले नेतृत्व गर्ने

राससका श्रमजीवी पत्रकारको रोजगारी सुनिश्चिताका गर्न पेशागत संगठनको माग, हटाए महासंघले नेतृत्व गर्ने


काठमाडौँ – राष्ट्रिय समाचार समिति (रासस) मा कार्यरत २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्ने कार्य तत्काल रोक्न नेपाल पत्रकार महासंघ लगायत पेशागत संघ-संगठनले माग गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय संचारग्राममा आज बसेको सयुक्त बैठकले राससमा कार्यरत २२  श्रमजीवि पत्रकारलाई कुनैपनि वहानामा हटाइएको खण्डमा महासंघकै नेतृत्वमा कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघ लगायत विभिन्न पत्रकार सम्वद्ध संघ-संगठनहरुसहित असोज २७ गतेदेखि संयुक्त आन्दोलनमा जाने निर्णय गरेको छ ।

बैठकले प्रतिष्ठानस्तरीय संघर्ष समितिद्धारा घोषित आन्दोलनका कार्यक्रमलाई प्रभावकारी बनाउने महासंघलगायत सबै संघ-संगठनहरुको सशक्त उपस्थितिसहित आन्दोलनलाई अझ प्रभावकारी बनाउने गरी संयुक्त परिचालन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघलगायत संघसंगठनको संयुक्त बैठकले राससमा कार्यरत २२ जना पत्रकारको रोजगारी सुनिश्चितता गर्न जोडदार माग गरेको छ । संघर्ष समितिले रासस कार्यालयमा असोज २८ गते आयोजना गर्ने धर्ना कार्यक्रममा ऐक्यबद्धता र सहभागिता रहने पनि निर्णय गरेको छ ।

बैठकमा सहभागी उनीहरुले त्यहाँ कार्यरत रहेका पत्रकारले मात्र लडाइ लडेर समस्या समाधान नहुने भन्दै सवै संगठनले धर्ना र आन्दोलन गरेर रोजगारी सुनिश्चित गर्नुपर्ने भनााई राखे ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले राससका श्रमजीवि पत्रकारको विषयमा महासंघले अगुवाई नै गर्ने बताउनु भयो । उहाँले पत्रकारको धर्ना तालाबन्दीका कार्यक्रम महासंघको अगुवाईमा हुने बताउनु भयो ।

भोलि संघर्ष समितिबाट ऐक्वद्धता जनाउने र पर्सिबाट नेपाल पत्रकार महासंघले धर्ना, आन्दोलन र तालाबन्दी गर्ने उहाँले बताउनु भयो । उहाँले भोलि संघर्ष समितिले गर्ने आन्दोलनमा ऐक्यवद्धता जनाउने र त्यसले पार्ने प्रभावका आधारमा पर्सिबाट आन्दोलन गर्ने बताउनु भयो । महासंघका केन्द्रीय सदस्य अधिकारीले दिर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नभएको बताउनु भयो ।

समाजवादी प्रेस संगठन कार्यवहाक अध्यक्ष विश्वमणि सुवेदीले तत्काल राससका पत्रकारलाई व्यवस्थापन गरि विनियमावली संशोधन गरेर दिर्घकालिन समस्या समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले सवै संगठन धर्ना र आन्दोलन गरेर ती २२ जना श्रमजीवि पत्रकारलाई हटाउन दिन नहुने बताउनु भयो ।

‘निजी संचारगृहलाई त हामीले पत्रकारलाई रोजगारीबाट हटाउन दिएनौं । सरकार संचारमाध्यमबाट हामी पत्रकारलाई धर्ना आन्दोलन गरेर हटाउन दिदैनौ,” उहाँले भन्नुभयो, ‘राज्यलाई धर्ना र आन्दोलन जस्ता कार्यक्रम गरेर दवाव दिएर रोजगारी खोस्ने कार्य गर्न दिनुहुदैन ।’

नेपाल प्रेस सेन्टरका महासचिव सन्तोष पौडेलले हटाउन खोजे सवै संगसंगठन मिलेर आन्दोलन गर्ने बताउनु भयो । उहाँले राससमा लामो समय काम गरेका पत्रकारलाई विकल्प खोजेर काम गर्ने वातावरण निर्माण गर्नुपर्ने बताउनु भयो ।

उपत्यका प्रतिष्ठान प्रदेश समिति नेपाल पत्रकार महासंघका उपाध्यक्ष वीरेन्द्र ओलीले सवै साथीको तत ठाउँमा पुनस्थापना गर्नुपर्ने बताउनुभयो ।

उहाँले श्रमजीवि पत्रकार ऐनअनुसार कोही पनि पत्रकारलाई निकाल्न नपाइने भन्दै रातदिन धर्ना दिएर राससका २२ जना श्रमजीवि पत्रकारको रोजगारी खोस्न थालेका पत्रकारको पुर्नवहाली गरिने बताउनु भयो ।

प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा बल प्रयोगका आन्दोलन गरेर भएपनि ती पत्रकारको रोजगारी गुम्न नदिने बताउनु भयो । उहाँले ती पत्रकारको नविकरण गर्नका लागि धर्ना र आन्दोलनको विकल्प नभएको बताउनु भयो ।

समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्काले पत्रकारलाई हटाउन नहुने र आफ्नो संगठनले जस्तोसुकै आन्दोलन गर्ने बताउनु भयो ।

श्रमजीवि पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले सरकारी संचारमाध्यमले श्रमजीवि पत्रकारलाई हटाउने कार्यको घोरभत्र्सना गर्दै राससमा कार्यरत रहेका पत्रकारलाई हटाउन नहुने बताउनु भयो । उहाँले  श्रमजीवि पत्रकार ऐनलाई कुनै पनि विनियमावली अबिलम्बन संशोधन गरी श्रमजीवि पत्रकारको रोजगारी सुनिश्चिता गर्नुपर्ने बताउनु भयो ।

प्रत्येक तीन/तीन महिनामा हुने नविकरण पनि अहिले यहि असोज मसान्तसम्म मात्र गरिएको छ । श्रमजीवि पत्रकारलाई हटाउने नियत राखेर अध्यक्ष झाले १६ दिनका लागि मात्र नयाँ नियुक्ती पत्रकारलाई इमेल मार्फत पठाएका छन् । यसरी ती २२ जना पत्रकारलाई हटाउन थालिएको छ ।

प्रेस चौतारी नेपालका प्रतिष्ठान इन्चार्ज मोहन वाँस्तोला श्रमजीवि पत्रकारलाई हटाउने कार्यको विरोध गर्दै श्रमजीवि पत्रकारलाई हटाउन नपाइने बताउनु भयो ।

Skip This