दोलखा – दोलखामा चुनावी अभियान सुरू भएलगत्तै मतदाताहरूले स्थापित वामपन्थी नेता तथा पूर्व पोलिटब्यूरो सदस्य स्वर्गीय पशुपति चौंलागाईंका अधुरा योजना र सपना पूरा गर्न एमालेलाई जिताउने अठोट व्यक्त गर्न थाल्नुभएको छ ।
सोमवार भीमेश्वर नगरपालिकाको सेराबेंसी र दारेगाँैडा क्षेत्रका मतदाताहरूले एमालेका प्रतिनिधिसभाका उम्मेद्वार बालकृष्ण शिवाकोटीलाई विजयका लागि शुभकामना दिँदै त्यस्तो अठोट व्यक्त गर्नुभएको हो ।
कोभिड-१९ संक्रमणबाट २०७८ जेठमा चौंलागाईंको निधन भएको थियो । एमाले दोलखाका संस्थापक नेतामध्येका एक नेता चौंलागाईं अघिल्लो पटक प्रदेससभा सदस्यमा प्रदेश ‘ख’बाट निर्वाचित हुनुभएको थियो ।
‘सालिन र विकासप्रेमी नेता पशुपति चौंलागाईंको अल्पायूमै निधन भयो । उहाँका योजना र सपना पूरा गर्न एमालेले आगामी मंसीर ४ को निर्वाचनका लागि योग्य र नयाँ अनुहारहरू अगाडि सारेको छ’, मतदातासमेत रहनुभएका वाम अग्रज चित्रबहादुर भुजेलले सबैका तर्फबाट प्रतिबद्धता व्यक्त गर्दै भन्नुभयो, ‘उहाँ जस्तै मिलनसार, राजनीतिक र सामाजिक व्यक्तित्व बालकृष्ण शिवाकोटीलाई एमालेले प्रतिनिधिसभाको उम्मेद्वार अगाडि सारेको छ, त्यसकारण उहाँलाई जिताउन हामी सक्रिय हुनेछौं ।’
२०७४ को निर्वाचनमा चौंलागाईं जस्ता अग्रज नेताको सम्मानका लागि शिवाकोटीले नै उम्मेद्वार बन्न प्रस्ताव गर्नुभएको थियो । शिवाकोटीले दोलखाका हरेक सामाजिक अभियान र विपतमा सहयोग पु¥याउँदै आएको स्मरणसहित अघिल्लो पटक चौंलगाईंलाई फराकिलो सोचसहित उम्मेद्वार बनाएर जिताउन खेलेको भूमिकाप्रति उच्च प्रशंसा पनि गर्नुभएको थियो । ‘अब तपाईं चुनाव जितेर चौंलागाईंको पनि उत्तराधिकारीका रूपमा अगाडि बढ्नुहोस्’ उम्मेद्वार शिबाकोटीप्रति मतदाहरूको शुभेच्छा थियो ।
भीमेश्वर–८ स्थित सेराबेंसी र ९ स्थित दारेगाँैडामा मतदाता भेटघाटमा प्रतिनिधिसभाका उम्मेद्वार शिबाकोटीले घ्याङ–सेरा–मुडे सडकलाई छिट्टै बिस्तार गरेर पक्की सडक निर्माण गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । एमालेकै पहलमा उक्त सडक खण्ड विस्तार भए पनि कालोपत्रे हुन बाँकी छ ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका प्रवक्ता तथा एमाले दोलखा जिल्ला कमिटी सदस्य तिर्थबहादुर खड्का, प्रेस चौतारी नेपालका वागमती प्रदेश कमिटीका अध्यक्ष शरद सापकोटा, खेलकुद महासंघका केन्द्रीय सदस्य सूर्य कार्की, भीमेश्वर ८ का अध्यक्ष तथा नगर इन्चार्ज नविन लामा, ९ का अध्यक्ष हिमाल श्रेष्ठलगायत पनि सहभागी हुनुहुन्थ्यो ।







प्रतिक्रिया