अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचन राष्ट्र विरोधी शक्तिलाई परास्त गर्ने अवसर : देवराज घिमिरे

आगामी निर्वाचन राष्ट्र विरोधी शक्तिलाई परास्त गर्ने अवसर : देवराज घिमिरे


विर्तामोड – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताउनु भएको छ ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै नेकपा एमाले र राप्रपा नेपालबिच तालमेल भएको बताउनुभयो ।

घिमिरेले स्वार्थ पूर्तिका लागि गरिएको गठबन्धन र राष्ट्रहितका लागि गरिएको तालमेललाई जनताले राम्ररी बुझेको धारण राख्नुभयो ।

एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश इन्चार्ज घिमिरेले निर्वाचनबाट भ्रष्टाचारी दलालहरुको भण्डाफोर हुने र समृद्ध नेपाल शुखि नेपालीको परिकल्पना साकार हुने बताउनु भयो ।

उहाँले राष्ट्रको हितमा सधैं एकबद्ध भएको नेकपा एमालेले मात्रै मुलुकलाई सहि मार्ग निर्देश गर्न सक्ने धारण समेत राख्नुभयो ।

उहाँले सिंगो मुलुकको हितकालागि नेकपा एमाले र राप्रपा नेपालको तालमेलबाट निर्वाचनमा उठेका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो ।