अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भगवती चौधरीको त्यो अभियानले बने तीन लाख बढी महिला आत्मनिर्भर

भगवती चौधरीको त्यो अभियानले बने तीन लाख बढी महिला आत्मनिर्भर


काठमाडौं – नेकपा एमाले सुनसरी क्षेत्र नम्वर ३ की उम्मेदवार भगवती चौधरीको नेतृत्वमा तीन लाख बढी महिला आत्मनिर्भर बनेका छन्

चौधरी अध्यक्ष रहेको फरवार्ड माइक्रोफाइनान्स मार्फत सुनसरीका मात्र होइन, देशका ४० जिल्लाका तीन लाख बढी महिला आत्मनिर्भर बनेका हुन् । उनीहरु विभिन्न उद्यम मार्फत आत्मनिर्भर बनेका छन् । चौधरीको नेतृत्वमा रहेको फरवार्ड माइक्रोफाइनान्स अहिले मुलुकको अग्रणी माइक्रोफाइनान्सको रुपमा चिनिन्छ ।

फरवार्ड माइक्रोफाइनान्सको ४० जिल्लामा अहिले तीन लाख बढी सदस्य छन् । कुनैबेला एक सय नहुनेहरु अहिले फरवार्डसँग जोडिएर करोडपति भएका छन् । उद्यमी मात्र बनेका छैनन, समूदायलाई सचेत बनाउने अभियानमा पनि लागेका छन् । महिला स्वयं आत्मनिर्भर नवनेसम्म समाज परिवर्तन सम्भव छैन भन्ने मान्यता राखेर महिलालाई आय आर्जनमा सहभागी गराउन ११ जनाले तीन तीन सय उठाएर संस्था स्थापना गरेको अध्यक्ष चौधरीले स्मरण गर्नुभयो ।

संस्थाले सुरुमा गाँउ गाँउका महिलालाई विभिन्न तालिम दिएर उत्प्रेरित गरेको थियो । संस्थालाई युएसएडले ‘वोमन लिगल लिट्रेसी’ कार्यक्रम दिएको थियो एक वर्षका लागि । हरेक महिना मिटिङ हुन्थ्यो। लिगल लिट्रेसी कार्यक्रम सकिए लगत्तै संस्थाले बचत कसरी गर्ने ऋण कसरी दिने भनेर सिकायो । लेखा कसरी राख्ने लगायतका विषयमा छलफल भयो । जो तालिममा सहभागी थिए । उनीहरुलाई समुह समुहमा विभाजन गरेर बचत गर्न सिकाएको थियो । सुरुमा २ रुपैंयाबाट बचत गर्न सुरु भएको थियो ।

‘विभिन्न समुहहरु बनाएका थियौं । कति बचत गर्ने भन्ने सामुहिक निर्णय गर्थे । कुनै समुहले २ रुपैंया बचत गर्थे त कुनै समुहले पाँच रुपैंया, कुनै समुहले १० रुपैंया पनि बचत गर्थे ।’ चौधरी विगतका संघर्षका कुरा सम्झनुहुन्छ । बचत चलाउँदा पहिलो महिनामै २७ वटा समुह बनेको थियो । एउटा समुहमा २० देखी ५० जनासम्म थिए ।

हरेक महिना जम्मा भएको पैसा संस्थाले सोनापुरको राष्ट्रिय वाणिज्य बैंकमा लगेर राख्थ्यो । आज सुनसरीका मात्र हैन देशका ४० भन्दा बढी जिल्लाहरुमा भगवती चौधरीले नेतृत्व गरेको फरवार्ड माइक्रोफाइनान्सा शाखामार्फत तीन लाख वढी महिला आत्मनिर्भर भएका छन् ।

जनप्रतिनिध नहुदै उहाँले जनतालाई आत्मनिर्भर बनाउन यति धेरै योगदान दिनुभएको छ नीति निर्माण गर्ने तहमा हुदाँ सुनसरी ३ लाई मात्र होइन देशलाईनै फाइदा हुन्छ । चौधरीको अभियानलाई कोरियादेखि नियालिरहनुभएका कृष्ण राईको प्रतिक्रिया छ भगवती चौधरी आमा हुन मजदुर हुन शत्रुका लागि ज्वालामुखी हुन् ।

सुनसरी ३ का वेलाउद्धिन खान सुनसरी ३ का जनताले यसपाल परिवर्तन चाहेको बताउनुहुन्छ । महिला र युवाको स्वरोजगारको प्रष्ट भिजन मात्र होइन भगवती चौधरीले गरेका कामको परिणामनै देखिएको उहाँको भनाई छ । यसअघि ३० औ बर्षदेखि सुनसरी ३ मा जितेर दर्जन वढि पटक मन्त्री भएका बिजय गच्छेदारले जनताले स्मरण गर्न लायक कुनै काम नगरेको बेलाउद्धिन खानको भनाई छ ।