काठमाडौं-तिहारको अवसर पारेर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘के घर के डेरा’ ले बक्सअफिसमा व्यवसाय राम्रो गर्न सक्ने देखिएको छ । रिलिजको दिन अर्थात शुक्रबार औसत व्यवसाय गरेको फिल्मले शनिबार भने राम्रो व्यवसाय गर्न सफल भएको छ ।
दीपेन्द्र के. खनाल निर्देशित फिल्म शनिवार बिहानदेखि साँझसम्म राजधानी र मोफसलका प्रायः हलमा दर्शकको राम्रो चाप देखिएको थियो । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूफएक्सले शनिबार दिएको शो सबै राम्रो भएको वितरक बताउँछन् ।
काठमाडौंमा घर हुने र नहुनेहरुको समस्याको कथा विषय बनाएको फिल्ममा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, कोशिश क्षेत्री, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, भोलाराज सापकोटा, घनश्याम जोशी लगायत कलाकारको अभिनय छ ।






प्रतिक्रिया