अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण

ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण


काठमाडौँ-काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको उडान नम्बर SHA 227 को जहाजले ककपिटमा धुवाँ देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार आपतकालीन अवतरण गरेको छ।

विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।

विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्काल सुरक्षा सतर्कता अपनाउँदै भैरहवामा आपतकालीन अवतरण गराएको विमानस्थल स्रोतले जनाएको छ।

Skip This