अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीको ७५औँ जन्मजयन्ती

सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर ‘प्रतिगमन’ पराजित गर्नैपर्छ: अध्यक्ष ओली

सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर ‘प्रतिगमन’ पराजित गर्नैपर्छ: अध्यक्ष ओली


 काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै लोकतान्त्रिक र वामपन्थी शक्ति मिलेर अहिलेको ‘प्रतिगमन’ लाई पराजित गर्नुपर्ने बताएका छन्

जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

अध्यक्ष ओलीले अहिले समाजवाद निर्माण गर्ने भन्दा पनि प्रतिगमन पराजित गर्ने बेला भएको टिप्पणी गरे। ‘फेरि आज हामी यतिबेला समाजवाद निर्माण गर्ने ? कसरी गर्ने ?,’अध्यक्ष ओलीले भने, ‘यो प्रतिगमनलाई पराजित गर्ने मुख्य काम हो। यतिबेला सबै लोकतान्त्रिक शक्ति, वामपन्थी शक्ति मिलेर कार्यगत एकताको माध्यमबाट जानुपर्छ र प्रतिगमनलाई पराजित गर्नैपर्छ।’ लोकतान्त्रिक वामपन्थी मिलेर कार्यगत एकताको माध्यमबाट प्रतिगमनलाई पराजित गर्नैपर्छ।’

अध्यक्ष ओलीले वामपन्थीको चरित्र हत्या गर्ने काम भइरहेको बताए । उनले कम्युनिस्टहरूका नीति सही भएको दाबी पनि गरे।

Skip This