अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भदौ २३-२४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी छ: केपी ओली

भदौ २३-२४ बाट सुरु भएको प्रतिगमनको सिलसिला अझै जारी छ: केपी ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ बाट सुरु भएको प्रतिगमनको सिलसिला जारी रहेको बताएका छन्।

जननेता मदन भण्डारीको ७५औँ जन्म जयन्तीका अवसरमा आइतबार काठमाडौँमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘नेपालको वामपन्थी आन्दोलन र लोकतन्त्रलाई सिध्याउने गरी भदौ २३ र २४ को प्रतिगामी षडयन्त्र भयो’, अध्यक्ष ओलीले भने, ‘त्यस षडयन्त्रले वैधानिक सरकारलाई विस्थापित गर्‍यो। सरकार बनाउने वैधानिक संसद् विघटन गरेर असंवैधानिक सरकार बनाइयो।’ 

अध्यक्ष ओलीले आफूहरूका केही कमीहरू रहे आत्मसमीक्षा गर्न सकिने बताए। ‘तर हामीले देश बर्बाद पार्‍यौ भन्ने भाष्य गलत हो , प्यारामिटरहरु हेरौँ। देशद्रोही काम गरेर, विकासका काम नगरेर होइन, झुठा प्रचार गरेर अफवाह फैलाएर हामीलाई बदनाम गर्ने क्रियाकलाप भए र जनतामा आक्रोश पैदा गरियो’, अध्यक्ष ओलीले भने, ‘त्यो प्रतिगमनको आयोजनाका लागि त्यो गरिएको थियो र अहिले पनि जारी छ।’

अध्यक्ष ओलीले त्यो प्रतिगमनलाई सही ठहराउन विघटन गरेको संसद्को चुनाव गरिएको भन्दै पहिले नै परिणाम घोषणा गरेर प्रतिकूल अवस्थामा चुनाव गरिएको बताए। 

एमालेले त्यसवेला यो निर्वाचन वामपन्थी र लोकतन्त्रका लागि नभएको भन्दै प्रतिगमनलाई वैधानिक ढङ्गले अघि बढाउन हुँदैछ भनेर भन्दा कन्भिन्स गर्न नसकेको पनि बताए। 

 ‘अहिले पनि हामी भ्रममा छैनौ, प्रतिगमनको सिलसिला अघि बढिरहेको छ’, अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन शाहले भारतको सिमाना थुप्रै ठाउँमा मिच्यौ भनेर दिएको अभिव्यक्ति निराधार र देश विरोधी भएको बताए। तर अहिलेसम्म उक्त अभिव्यक्तिको प्रधानमन्त्री शाहले खण्डन नगरेको बताए।

Skip This