काठमाडौं – नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र संयुक्त राष्ट्रसंघीय मुख्यालय, सैनिक मामिलाका सल्लाहकार जनरल बिरामे डियपबीच भेटवार्ता गर्नुभएको छ ।
नेपाली सेनाको मुख्यालय जंगी अड्डामा भएको भेटवार्तामा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पुर्याएको योगदानका बारेमा चर्चा भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा नेपाली सेनाले आयोजना गरेको २ दिने विशेष कार्यक्रममा सहभागी हुन जनरल डियप आइतबार नेपाल आइपुग्नु भएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपत्यका पृतना हेडक्वार्टरका पृतनापति उपरथी योगराज शर्माले स्वागत गर्नुभएको थियो ।
प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा नेपाली सेनाले विश्व शान्ति स्थापनामा पुर्याएको योगदानका साथै भविष्यमा समेत नेपाली शान्ति सैनिकहरुको आवश्यकता तथा सहभागिताको बारेमा छलफल भएको जनाइएको छ।






प्रतिक्रिया