अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलको राष्ट्रपतिमा सिल्भाको कमव्याक

ब्राजिलको राष्ट्रपतिमा सिल्भाको कमव्याक


काठमाडौं-दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गर्नुभएको हो ।

आर्थिक अनियमितताको आरोपपछि उहाँले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य हुनुभएको थियो । भ्रष्टाचार अभियोगमा उहाँ १८ महिना जेल पर्नुभएको थियो ।

तथापि उहाँको लोकप्रियता खासै खस्किएको थिएन, जुन ताजा निर्वाचन परिणामले देखाएको छ । यसैबीच बोल्सोनारो सन् १९६४ देखि सन् १९८५ को सैन्य तानाशाहीको अन्त्यसँगै ब्राजिल प्रजातन्त्रमा फर्केपछि पुनः चुनाव जित्न नसक्ने पहिलो वर्तमान राष्ट्रपति बन्नुभएको छ । एजेन्सी