अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अब घरघरमा ग्यास होइन, देशमै उत्पादित बिजुली: केपी शर्मा ओली

अब घरघरमा ग्यास होइन, देशमै उत्पादित बिजुली: केपी शर्मा ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब नेपालीका घर घरमा आयातित ग्यास होइन, नेपालमै उत्पादित बिजुली पुर्‍याउने बताउनु भएको छ ।

आगामी मंसिर ४ गतेको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रमलाई मंगलबार सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘मैले २०७२ सालमा नाकाबन्दी लागेर काठमाडौंमै दाउराबाट खाना पकाउने बाध्यता भएकाले उक्त कुरा बोलेको थिएँ। त्यसबेला घरघरमा ग्यास चुल्लाहामा पुर्‍याउँछु भनेको कुरा अब पुरानो भइसक्यो । नाकाबन्दी लागेको बेला राजधानीमा दाउरा तौलिएर बेच्नुपरिरहँदा तातोपानी खाने उपाय नभएकाले मैले त्यसो भनेको थिएँ। हामी कुनै समय ग्यास लाइन चुल्हा चुल्हामा पुर्‍याउन सक्छौँ भनेको थिएँ।’

उहाँले अब आयातित ग्यास घर घर पुर्‍याउने नभइ देशमै उत्पादित बिजुली पुर्‍याउने पनि बताउनु भयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अब ग्यासभ्दा विद्युतमा हामी फोकस हुन्छौँ । अझ सवारीसाधान पनि बिजुलीबाट चल्ने चलाउनुपर्छ।’