अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाका कति ?

सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो, तोलाका कति ?


काठमाडौँ-नेपाली बजारमा सुनचाँदीको मूल्यमा बिहीबार उच्च वृद्धि भएको छ। सुनको मूल्य एकैदिन प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि तोलामा २६५ रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ७५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्यमा पछिल्ला दिनमा निरन्तर उतारचढाव देखिएको छ। बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो। त्यसअघि मंगलबार ७०० रुपैयाँ र सोमबार २ हजार ३०० रुपैयाँले बढेको थियो। गत आइतबार भने सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले घटेको थियो। त्यसअघिका चार दिनमा सुनको मूल्य कुल ५ हजार रुपैयाँले बढेको थियो।

यस्तै, गत कात्तिक ८ गते सुनको मूल्य एकैदिन तोलामा ११ हजार ७०० रुपैयाँले घटेको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै नेपाली बजारमा सुनको मूल्यमा ठूलो उतारचढाव देखिँदै आएको छ।

यसैगरी, चाँदीको मूल्य पनि बिहीबार उल्लेख्य रूपमा बढेको छ। बुधबार प्रतितोला ३ हजार ६५५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार २६५ रुपैयाँले बढेर ३ हजार ९२० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको मूल्य १० ग्रामको ३ हजार ३६० रुपैयाँ ५० पैसा कायम भएको छ।

नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत वर्ष माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको थियो।

त्यस्तै, चाँदीको हालसम्मकै उच्च मूल्य पनि गत वर्ष माघ १५ गते नै कायम भएको थियो। उक्त दिन चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँ पुगेको थियो। त्यसको तीन दिनपछि अर्थात् माघ १८ गते चाँदीको मूल्य एकैदिन तोलामा १ हजार ५६५ रुपैयाँले घटेको थियो, जुन हालसम्मकै ठूलो गिरावट हो।