अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा

आईजीपीबाट हटाउने निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्चमा


काठमाडौं-नेपाल प्रहरीको महानिरीक्षकबाट प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन् । बुधबार सरकारले कार्यकाल बाँकी रहँदै आफूलाई आईजीपीबाट हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै कार्कीले वारेसमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट पठाएका हुन्।

कार्कीका कानुन व्यवसायी अधिवक्ता टीकाबहादुर कुँवरका अनुसार रिट सर्वोच्च पुगे पनि दर्ता भइसकेको छैन। अदालतले रिट अध्ययन गरिरहेको छ।

‘रिट पठाइसकेका छौँ। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ कुँवरले भने।

सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै एआईजी डा. मनोजकुमार केसीलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो। त्यसलगत्तै केसीले दर्ज्यानी चिह्न ग्रहण गरी पदभार सम्हालिसकेका छन्।

नवनियुक्त आईजीपी केसी र पदमुक्त कार्की एउटै ब्याचीका प्रहरी अधिकारी हुन्। सरकारले कार्यकाल बाँकी रहँदै आफूलाई पदबाट हटाएको भन्दै कार्कीले निर्णय बदर गरी आईजीपीमा पुनर्बहाली गर्न माग गरेका छन्।