अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री बालेनसँग भेट्न भारतीय विदेश सचिव मिस्री सिंहदरबारमा

प्रधानमन्त्री बालेनसँग भेट्न भारतीय विदेश सचिव मिस्री सिंहदरबारमा


काठमाडौँ-नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग शिष्टाचार भेटवार्ताका लागि सिंहदरबार पुगेका छन्।

मिस्री बिहीबार बिहान सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्रीसँगको भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीका सिलसिलामा मिस्री काठमाडौं आएका हुन्। यद्यपि प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन । दुवै देशले भ्रमणको तयारी अघि बढाइरहेका छन्।

नेपाल भ्रमणका क्रममा मिस्रीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

ती भेटवार्तामा द्विपक्षीय सम्बन्ध तथा प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीलगायत विषयमा छलफल भएको बताइएको छ।