अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने

एमालेको घोषणापत्र : श्रमिकको न्यूनतम ज्याला २५ हजार पुर्‍याइने


काठमाडौँ – नेकपा एमालेले श्रमिकहरूको न्यूनतम ज्याला २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

आज दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा अधिकांश श्रमिक तथा कर्मचारीलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने भन्दै श्रमिकलाई न्यूनतम ज्याला पुर्‍याउने उल्लेख गरिएको छ ।

‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्‚’ घोषणापत्रमा लेखिएको छ‚ ‘स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिनेछ । श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ ।’