काठमाडौं-सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले वर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सुरक्षा सल्लाहकारमा सरुवा गर्दै केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको जानकारी दिए।
सरकारको निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका छन्।



प्रतिक्रिया