अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा बिडारी सचिवमा बढुवा

तेस्रो नम्बरमा सिफारिस भएका केशव शर्मा बिडारी सचिवमा बढुवा


काठमाडौं – सरकारले केशव शर्मा बिडारीलाई सचिवमा बढुवा गरेको छ ।

बुधबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सचिवमा बढुवा गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सागरकुमार राई ९ कात्तिकमा अनिवार्य अवकाश पाएसँगै रिक्त भएको एक प्राविधिक सचिवका लागि तीन जनाको नाम लोकसेवा आयोगले सिफारिस गरेको थियो।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव रामआधार साह, विश्वबाबु पुडासैनी र शर्माको नाम सिफारिस गरेको थियो । जस अनुसार साह पहिलो नम्बर, पुडासैनी दोस्रो नम्बर र शर्मा तेस्रो नम्बरमा थिए । तर बढुवा हुँदा तेस्रो नम्बरमा शर्माले बाजी मारेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सहसचिवमा कार्यरत शर्मालाई सचिव बनाउने प्रधानमन्त्री देउवा पत्नी आरजू राणाकै जोडबल रहेको बालुवाटार स्रोतले जनाएको छ ।