अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ

कीर्तिपुरको होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासी पक्राउ


काठमाडौँ-काठमाडौंको कीर्तिपुर होल्डिङ सेन्टरमा बस्ने एक जना सुकुमबासीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बरबहादुर तामाङ छन्।

उनलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानको लागी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए।

आरोपीले सुकुमबासी समस्या समाधान नभएर ‘खुकुरी हान्छु’ भनेर सामाजिक सञ्जालमा खुकुरी समेत प्रदर्शन गरेको आरोप छ। आरोपीबारे प्रहरी वृत्त सिंहदरबारले अनुसन्धान गरिरहेको छ। 

Skip This