अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण

एमाले पुनर्गठन गर्न डिजिटल मत सर्वेक्षण


काठमाडौँनेकपा एमालेनिकट युवाहरूले पार्टीको रूपान्तरण, पुनःसंरचनाका विषयमा सुझाव संकलन गर्न ‘पुनर्जागरण अभियान–२०८२’ अन्तर्गत मत सर्वेक्षण सुरु गरेका छन्।

असार १२ गतेदेखि सुरु भएको सर्वेक्षण अभियान २०८३ असार २२ गतेसम्म सञ्चालन हुने जनाइएको छ। अभियानअन्तर्गत खुला रूपमा गुगल फारममार्फत १८ वटा प्रश्न राखिएको छ । जसमा स्वदेश तथा विदेशमा रहेका एमालेका सङ्गठित सदस्य, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकले आफ्नो धारणा र सुझाव दिन सक्नेछन्।

अभियानका संयोजक गजेन्द्र थपलियाका अनुसार सर्वेक्षणको मुख्य उद्देश्य पार्टीको भावी दिशा, नेतृत्व हस्तान्तरण, सङ्गठनात्मक पुनःसंरचना, पुस्तान्तरण तथा आन्तरिक लोकतन्त्रीकरणबारे कार्यकर्ता र शुभेच्छुकको प्रत्यक्ष धारणा सङ्कलन गर्नु हो।

उनले सर्वेक्षणमार्फत प्राप्त सुझावलाई गोप्य राखिने र निष्कर्षलाई औपचारिक रूपमा पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताए। उनका अनुसार संकलित सुझाव एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदललाई बुझाइनेछ।

हाल एमालेले चुनावी समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलनका लागि बादल नेतृत्वको कार्यदलमार्फत विभिन्न प्रदेशमा छलफल गरिरहेको छ। तर उक्त प्रक्रिया सीमित नेता–कार्यकर्तामा केन्द्रित भएकाले तल्लो तहका कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा स्वतन्त्र नागरिकको समेत धारणा समेट्न सर्वेक्षण अभियान सञ्चालन गरिएको थपलियाको भनाइ छ।

सर्वेक्षण फारममा एमालेको रूपान्तरण, नेतृत्व हस्तान्तरण र पुस्तान्तरणलाई कम्युनिस्ट आन्दोलनको भविष्यसँग जोड्दै व्यापक सुझावको अपेक्षा गरिएको उल्लेख गरिएको छ। सहभागीहरूको विचार गोप्य राखिने प्रतिबद्धतासमेत जनाइएको छ।

Skip This