अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रका ४१ जना एमालेमा प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत

माओवादी केन्द्रका ४१ जना एमालेमा प्रवेश, अध्यक्ष ओलीद्धारा स्वागत


काठमाडौं – नेकपा माओवादी केन्द्रका राज्य समिति सदस्यसहित गुल्मीका ४१ जना माओवादी नेताहरू एमाले प्रवेश गरेका छन्। आज माओवादी केन्द्र परित्याग गरी उहाँहरु एमाले प्रवेश गरेका हुन् ।

प्रवेश गर्नेहरुलाई नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयमा स्वागत गर्नुभयो ।

एमाले प्रवेश गर्नेहरूमा माओवादी केन्द्रका उपत्यका विशेष राज्य समिति सदस्य चन्द्र बस्नेत, जिल्ला समन्वय समिति सदस्य दामोदर बस्नेत, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तिलक महत, वाइसिएल गाउँ कमिटी सदस्य धन बहादुर बस्नेत सहितका ४१ जना रहेका छन् ।

पार्टी प्रवेश गरेका सम्पूर्ण गुल्मी क्षेत्र-२ का रहेका छन् । सो क्षेत्र एमाले सचिव गोकर्ण विष्टको निर्वाचन क्षेत्र हो । उहाँ आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सो क्षेत्रबाट उम्मेदवार रहेका छन् । सत्तारूढ गठबन्धन दलबाट नेकपा एसकी सचिव रामकुमारी झाँक्री विष्टसँग प्रतिस्पर्धामा छन् ।