अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : छविलाल विश्वकर्मा

गठबन्धनका कारण देशमा महंगी र भ्रष्टाचार : छविलाल विश्वकर्मा


बुटवल – नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनका कारण देशमा महंगी र भ्रष्टचार बढेको बताउनु भएको छ ।

देवदह–२, मा नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादीको संयुक्त प्रचार-प्रसार कार्यालयको बुधबार उदघाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै रुपन्देही क्षेत्र-१ का प्रतिनिधिसभा उम्मेदवार विश्वकर्माले राष्ट्रको अहितमा काम गरेकाले सत्ता गठबन्धनलाई परास्त गर्ने बेला आएको बताउनु भयो ।

उहाँले सत्ता गठबन्धनका नेताहरु निजी स्वार्थमा लाग्दा राष्ट्रियता कमजोर बन्दै गएको आरोप समेत लगाउनुभयो ।

रुपन्देहीको क्षेत्र नम्वर १ का विभिन्न स्थानलाई जोड्ने गरी सडक सञ्जालका योजनाहरु अगाडि बढेको बताउँदै एमाले सचिव विश्वकर्माले एमालेको सरकारले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै एक पालिका: एक अस्पतालको अवधारणा अगाडि सारेको बताउनु भयो ।

उहाँले आफूले क्षेत्र नम्वर १ को विकासको लागि विभिन्न योजनाहरु अगाडि सारे पनि सत्तागठबन्धनले बजेट होल्ड गर्दा विकास निर्माणका कामहरु अगाडि बढ्न नसकेको बताउनु भयो । उहाँले रोहिणी नदीलाई व्यवस्थित गर्नको लागि राष्ट्रिय योजनाको रुपमा अगाडि सार्नेमा जोड दिनुभयो ।

नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य तथा संयुक्त निर्वाचन परिचालन कमिटीका संयोजक डा. कृष्णप्रसाद न्यौपानेले स्वतन्त्र उम्मेदवार घनश्याम भुसालमा राजनीतिक संस्कार नभएको आरोप लगाउनु भयो । उहाँले पार्टीको जिम्मेवारीलाई छोडेर स्वतन्त्र रुपमा निर्वाचन लड्नेहरुलाई जनताले सवक सिकाउने बताउनु भयो ।

उहाँले रुपन्देहीको क्षेत्र नम्वर १ को अधुरा योजना सम्पन्न गर्नको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

Skip This