काठमाडौं-‘मिसेस् नेपाल युनिभर्स–२०७९’ को लागि आवेदन खुला भएको छ । आयोजक जिभा इन्कोरपरेटेडले एक विज्ञप्ति जारी गर्दै विवाहित महिलाहरूका लागि आवेदन खुला गरेको हो ।
आयोजकका अनुसार विवाहित महिलाहरूको शक्तिकरणका लागि उनीहरूको व्यक्तित्व, आत्मविश्वास, क्षमताको अभिवृद्धि गर्दै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको छ । युहान इन्टरनेसनल इभेन्टस्को सहकार्यमा जिभा इन्कोरपरेटेडको मुख्य आयोजना रहेको छ ।
प्रतियोगितामा सहभागिताका लागि आवेदन दिन नोभेम्बर १२ अर्थात् कात्तिक २६ गते अडिसन प्रक्रिया संचालन गरिनेछ । प्रतियोगिताको लागि विवाहित, डिभोर्सी एवं विवाहित भएर पनि एकल जीवन अगाडि बढाइरहेका महिलाले सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगिताको शीर्ष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिसेस् युनिभर्स’मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउनेछन् भने उपविजेताले मिसेस्सँंग सम्बन्धित अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया