कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो क्षेत्रमा विकास निर्माणको काम गर्न नसकेको बताउनु भएको छ ।
कञ्चनपुरको महेन्द्रनगरमा एमालेको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता लेखकलाई अहिलेसम्म क्षेत्रमा के विकासको काम गरेको भनेर प्रश्न समेत गर्नुभयो । उहाँले प्रश्न गर्नुभयो, ‘२०५६ सालदेखि चुनाव लड्दै हुनुहुन्छ, अहिले गर्नु चै के भयो ? एमालेले गरेको कामलाई आफूले गरेको भन्ने ?’ ‘दैजी औद्योगिक क्षेत्रको शिलान्यास के तपाईले गर्नु भएको हो ?’
मंसिर ४ मा जनताले नेकपा एमालेको पक्षमा मतदान गरेर गठबन्धनलाई पराजित गर्ने ओलीको भनाइ थियो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ मा झ्याम्म खाएपछि नि ? पाललाई चिन्नुहुन्छ, एमालेको पोलिटब्यूरो सदस्य निरु पाललाई चिन्नुहुन्न, यत्रो वर्ष कहाँ जानु भएको थियो ?’

कांग्रेसलाई जनताको पक्षमा विकास गर्ने सामर्थ्यसमेत नभएको ओलीले उल्लेख गर्नुभयो ।
लेखक सत्तारुढ गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार हुनुहुन्छ । उहाँसँग एमाले कञ्चनपुरकी इन्चार्जसमेत रहेकी निरु पाल प्रतिस्पर्धामा हुनुहुन्छ ।
केही दिनअगाडि चुनावी कार्यक्रममा लेखकले पाललाई जनताले नचिनेको भनेर टिप्पणी गर्नुभएको थियो ।







प्रतिक्रिया