अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा टिक्न नसकेपछि प्रचण्ड गोरखा जानुपर्‍यो : अध्यक्ष ओली

चितवनमा टिक्न नसकेपछि प्रचण्ड गोरखा जानुपर्‍यो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा टिक्न नसक्ने भएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचन लड्न गोरखा जानु परेको टिप्पणी गर्नुभएको छ ।

अध्यक्ष ओलीले आफ्नै जिल्लामा निर्वाचन लड्न नसकेर गोरखा जाने दाहाललाई स्वदेश तथा विदेशमा रहने कुनै पनि नेपालीले साथ दिन नहुने तर्कसमेत गर्नुभयो ।

प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उहाँले चण्डले आफ्नै नेतृत्वमा चलाएको युद्धका कारण धेरै नेपालीले बेसहारा जीवन गुजार्नु परेको उल्लेख गर्नुभयो ।

सशस्त्र युद्धका कारण पीडामा परेकालाई बेवास्ता गरेर आफ्ना परिवार र आफ्न्तको हितमा मात्रै दाहाल लागिपरेको ओलीको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘देशमा १७ हजार मानिस मारिए। विदुवा कति छन् ? कति एकल छन् ? टुहुराटुहुरी छन कति ? बेसहारा बुबा, आमाहरु कति छन कति ? शरीरमा गोली लिएर, अंगभंग भएर ह्वील चियरमा लौरा टेकेर, बैशाकी टेकेर घसारिएर कोही हिँडेका छन् । कोही उठन सक्ने अवस्था छैन। उनीहरुले आवधिक रुपमा उपचार गराईरहनु परेको छ। अनेक पिटाइका कारणले, यातनाका कारणले। अरु विभिन्न देशका इफेक्ट। त्यस्ताका पछाडि नेपाल भित्र मात्रै होइन्, जो आफ्नै गाउँ चितवनमा टिक्न नसकेर भागेर गोरखा जान्छ। अब विदेशमा त्यस्ताका पछाडि लागेर संगठन बनाएर हुन्छ के ? त्यो भन्दा त बरु चुप लागेर सुति खेती गरेर खाए हुन्छ नि। विदेशमा जानु छ, प्रचण्डको संगठन बनाउनु छ। यो कुराबाट सचेत गराएर ती साथीभाइलाई उठाउने कसले ? त्यसबाट उन्मक्ति दिने कसले ? यसको जिम्मा प्रवासी नेपाली मञ्चले लिनुपर्छ।’