अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एलपी साँवाले पहल लिंदा यसरी फेरिदैछ झापा- ४ को शैक्षिक मुहार

एलपी साँवाले पहल लिंदा यसरी फेरिदैछ झापा- ४ को शैक्षिक मुहार


विर्तामोड- झापा क्षेत्र नं. ४ मा शिक्षा क्षेत्रमा आएको परिवर्तन लोभलाग्दो छ । सामुदायीक विद्यालयहरुलाई सरकार र अभिभावको उपेक्षामा पारिएको गुनासो बढि रहेका बेला यहाँका यहाँका तत्कालिन साँसद एलपी साँवाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत पाँच वर्षमा तीनवटा विद्यालयलाई नमुनाको रुपमा घोषणा गराउन सफल हुनुभएको छ । यहाँका शिक्षक, अभिभावक, विद्यार्थीहरुको निरन्तरको मेहनतमा यसै क्षेत्रबाट निर्वाचित सांसद साँवाको पहल र प्रयास जस्ता कारणले निजी विद्यालयहरुबाट समेत विद्यार्थीहरुको आकर्षण सामुदायीक विद्यालयतर्फ बढेको छ । प्रस्तुत छ, यस्ता केहि उदाहरणीय विद्यालयहरुमा आएको परिवर्तनको कथा :

डिल्लीराज मावि, झापा–४ टागनडुव्वा
झापाको मध्य दक्षिणी क्षेत्र । भारतको बिहारसँग सिमाना जोडिएको गाउँपालिका हो, झापा गाउँपालिका । झापा जिल्लाको पुरानो सदरमुकाम समेत रहेको यहि गाउँपालिकाको वडा नं. ४ टागनडुव्वामा पर्छ डिल्लीराज मावि । कक्षा १२ सम्म पठन पाठन हुने यस विद्यालयमा चार वर्ष अघि करिव १ हजार विद्यार्थी थिए । तर चालु शैक्षिक सत्रमा आई पुग्दा विद्यार्थी संख्या १ हजार ५ सय पुगेको छ । यसको मुख्य कारण हो, नमूना विद्यालयको रुपमा छनौट भई विद्यालयमा आएको सुधार ।
आर्थिक वर्ष २०७४÷७५ मा नमूना विद्यालयको रुपमा छनौट भएको यस विद्यालयमा आर्थिक वर्ष २०७५÷७६ देखि भने शैक्षिक सुधारका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । विद्यालयका प्रधानाध्यापक वीरेन्द्रप्रसाद गुप्ताका अनुसार यस अवधीमा यहाँ २४ ओटा पक्की कोठा थपिएका छन् । चार ओटा त विभिन्न विषयगत प्रयोगशाला छन् । सभाहल, क्यान्टीन, पुस्तकालय तथा प्रशासनिक भवन समेत पुननिर्माण गरिएको छ । यसैगरि छात्र र छात्राका लागि अलग अलग १४ ओटाका दरले शौचालय निर्माण गरिएको छ ।
विद्यालयमा गरिएको यहि तिव्र सुधारकै कारण अभिभावकहरुको पनि आकर्षण बढेको छ । स्थानीय अभिभावक उमेश नेपाली भन्नुहुन्छ–‘५ वर्ष अघि र अहिलेको यो स्कुलमा आकाश पतालको फरक छ । हामीले पनि आफ्नो नानी यहिँ हालेका छौं । सरकारी स्कुल पनि सुधार गर्दा त राम्रो हुने रहेछ नि ।’
यस क्षेत्रका साँसद एलपी साँवाको पहलमा चार वर्षमा साढे ५ करोड रुपैयाँ खर्चिए पछि डिल्लीराज मावि यस क्षेत्रकै साँच्चिकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ । भौतिक पूर्वाधार मात्र नभई शिक्षक कर्मचारीहरुको क्षमता अभिवृद्धीका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रअ गुप्ताको भनाई छ । नमूना विद्यालय कार्यक्रमकै लागि १० जना कर्मचारी पनि थपिएको छ । जनशक्ति र पूर्वाधारमा मात्र होईन, यो विद्यालय गुणस्तरमा पनि नमूना रहेको गुप्ता बताउनु हुन्छ ।
कन्काई मावि, कन्काई ३ सुरुङ्गा

यो विद्यालय पनि ४ वर्ष अघि सरकारको नमूना विद्यालय कार्यक्रममा सुचिकृत छ । निजी विद्यालयहरुकोसँगको चर्काे प्रतिष्पर्धा खेपि रहेको यस विद्यालयमा नमूना विद्यालय कार्यक्रम आएको परिवर्तन पछि भने विद्यार्थीको चाप थेगि नसक्नु भएको छ । विद्यालयका प्रधानाध्यापक कर्णबहादुर डाँगी चार वर्षको अवधीमा विद्यार्थीको संख्या दोव्वर भएको बताउनु हुन्छ । कक्षा १२ सम्म पठन पाठन हुने यस विद्यालयमा हाल करिव २५ सय विद्यार्थी अध्ययन्रत छन् ।


तीन वर्ष सम्म डेढ करोड रुपैयाँका दरले प्राप्त रकमबाट विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक क्षेत्रमा कायापलट गरि दिएको छ । यस्तै गत आर्थिक वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाएको र यस वर्ष अन्तिम वर्षमा नमूना विद्यालय कार्यक्रम मार्फत सहयोग प्राप्त हुँदैछ । विद्यालयमा कम्प्युटर ल्याव, साईन्स ल्याव, प्रविधिमैत्री सिकाई, हरियाली अभिवृद्धी, खानेपानीको व्यवस्था, पुस्तकालयको स्तरोन्नती लगायतका धेरै काम पूर्वाधार विकास तर्फ भएका छन् ।
यसै गरि शिक्षकहरुको समेत लागत सहभागीतामा ६० थान ल्यापटप प्रदान गरिएको छ । यसबाट शिक्षकहरुलाई सन्दर्भ सामाग्रीको खोजी तथा अध्ययन्, शैक्षिक सामाग्री निर्माण, पाठ्य योजना तयारी लगायतका काम गर्न सजिलो भएको छ । झापाको मध्य क्षेत्र तथा तिव्र सहरीकरण हुँदै गएको सुरुङ्गा स्थित यस विद्यालयमा आएको यो परिवर्तन अरु धेरै विद्यालयहरुका लागि सिकाई पनि बनेको छ । सवै क्षेत्रका साथ, सहकार्य र प्रयास रहने हो भने सामुदायीक विद्यालयको अवस्था निराशाजनक मात्र छैन, सर्वसाधारणको पहुँचमा स्तरीय शिक्षा पनि पुर्याउन सकिन्छ भन्ने उदाहारण बनेको छ यो विद्यालय ।
जनआदर्श मावि, शिवसताक्षी ६, शिवगञ्ज
आफ्नो निर्वाचन क्षेत्रमा शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि आफू साँसदमा बहाल रहेका बेला साँसद साँवाले ठूलो पहल लिएको स्थानीय बासिन्दाहरु बताउछन् । यसै क्रममा शिवसताक्षी नगरपालिकाको वडा नं. ६ शिवगञ्जको जनआदर्श मावि पनि एक हो । गतवर्ष देखि गत वर्ष देखि यहाँ नमूना विद्यालय कार्यक्रम सञ्चालनमा छ । पहिलो वर्ष डेढ करोड रुपैयाँ प्राप्त भएको र त्यसबाट पूर्वाधार विकास तर्फ नयाँ भवन निर्माण गरिएको विद्यालयको प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीले बताउनु भएको छ । यस वर्ष समेत डेढ करोड रुपैयाँ प्राप्त हुने र त्यस मार्फत एक करोड रुपैयाँले थप पूर्वाधार निर्माण गरिने उहाँले जनाउनुभयो ।
पूर्वाधार विकाससँगै शैक्षिक सुधारको कार्यक्रम समेत सञ्चालन गरिने र विद्यालयलाई यस क्षेत्रकै नमूना विद्यालयको रुपमा स्थापित गर्ने लक्ष्य रहेको उहाँको भनाई छ ।
कतै आइसिटी ल्याब,कतै भवन


२०७७ सालमा सावाँले सिफारिस गरेको आधारमा २०७८ सालमा २० वटा विद्यालय छनौट भएको देखिन्छ । २०७८ बैशाख १ गते साँवाको सचिवालयले जारी गरेको जानकारी पत्र अनुसार आफ्नो पहलमा झापा ४ का २० वटा विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम लागु भएको हो । जसमा कतै भवन,कतै कम्प्यूटर ल्याब स्थापना,कतै विद्यार्थीको शैक्षिण गुणस्तर वृद्धिका लागि शिक्षामा नविन प्रविधिको प्रवद्र्धन,कतै शैक्षिक सामग्री उपलब्धी अभिवृद्धि कार्यक्रमहरु लागु गरिएको छ । यस्तै २०७८ साल चैतमा साँवाको सचिवालयले जारी गरेको जानकारी पत्र अनुसार उक्त वर्ष थप १९ वटा विद्यालयमा यो कार्यक्रम लागु भएको छ । जसमा केही पुरानालाई निरन्तरता र केही नयाँ विद्यालयमा कार्यक्रम थप गरिएको छ । (हेर्नुहोस कुन कुन विद्यालयमा लागु भयो कार्यक्रम)