अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले आज गण्डकी प्रदेशका तीनवटा आमसभालाई सम्बोधन गर्नुहुने

अध्यक्ष ओलीले आज गण्डकी प्रदेशका तीनवटा आमसभालाई सम्बोधन गर्नुहुने


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज गण्डकी प्रदेशका तीनवटा जिल्लामा हुने चुनावी आमसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदै हुनुहुन्छ ।
एमाले सचिव एवं गण्डकी प्रदेश इन्चार्ज पद्मा अर्यालका अनुसार ११ बजे पोखराको राष्ट्रिय सभा गृहमा हुने कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । त्यस लगत्तै बागुलुङको बुर्तिवाङमा हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको र विशाल जनमानसको उपस्थितीमा आमसभा आयोजना गरिेन जिल्ला अध्यक्ष हिराबहादुर केसीले जानकारी दिनुभयो । दिउसो २ बजे अध्यक्ष ओलीले स्याङ्जाको सदरमुकाममा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्नुहुने अर्यालले जानकारी दिनुभयो ।