अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली

एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली


कास्की – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गर्नुभएको छ ।

कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै छुस्स छुस्स ल्याइरहेको छ । यसले गरेको, उसले गरेको सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ ।’

अध्यक्ष ओली भन्नुहुन्छ, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’