अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विनाश होइन, जनताले विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली

विनाश होइन, जनताले विकासको बाटो रोज्नुपर्छ : अध्यक्ष ओली


पोखरा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाली जनताले विनाश होइन, विकासको बाटो रोज्नुपर्ने बताउनु भएको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका सन्दर्भमा आज पोखरामा  आयोजित बृहत कार्यकर्ता भेलालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले देशलाई कता लैजाने भन्ने कुनै गन्तव्य नभएको गठबन्धनलाई जिताउँदा विनाश भोग्नुपर्ने तर्फ सचेत गराउनुभयो ।

अध्यक्ष ओलीले प्रश्न गर्नुभयो– ‘विकास रोज्ने कि विनाश ?, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान रोज्ने कि पराधीन बन्ने ?, राजनीतिक स्थिरता रोज्ने कि अस्थिरता ?’

मुलुकले राजनीतिक स्थिरताको बाटो समातिसकेको अवस्थामा केही तत्वले त्यो सहन नसकेर देशलाई अस्थिरतातिर धकेलेको उहाँको भनाई थियो ।

कार्यकर्ता भेलामा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख खगराज अधिकारीले पनि बोल्नुभएको थियो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेताकार्यकर्ताहरूलाई अध्यक्ष ओली र अन्य नेताहरूले स्वागत गर्नुभएको थियो ।