अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो : केपी शर्मा ओली

सत्ता गठबन्धन सातुको डल्लो जस्तै हो : केपी शर्मा ओली


स्याङ्जा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय सत्ता गठबन्धनलाई सातुको डल्लोको संज्ञा दिनुभएको छ ।

स्याङ्जामा आज आयोजित एमालेको चुनावी सभालाई सम्बोधनका क्रममा उहाँले यस्तो बताउनु भएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले सरकार आयो भने हामी त देश छाडेर भाग्नुपर्छ भन्छन्, किन भाग्नुपर्यो देश छाडेर। तपाईंहरुको सटर चल्दैन भन्ने हो भने सटर त बन्द हुन्छ । खुद्रा पसलहरुको सटर चुनावपछि बन्द हुन्छ, पसल पनि बन्द हुन्छ।’

उहाँले परमादेश सरकार १५ र १६ महिना जाने बताउँदै सातुको डल्लो जस्तै गठबन्धन पनि चुनाव पनि फुटेर सकिने उल्लेख गर्नुभयो ।

अध्यक्ष ओलीले भारतले मिचेको भूमि फिर्ता ल्याएर छाड्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सन् १९५२ मा चीनतर्फको सीमामा भारतले राखेका १७ चेक पोस्ट कांग्रेसका प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले राखेका थिए । त्यसलाई कीर्तिनिधि विष्टले हटाए। हामी पनि भारतले मिचेको भूमि फिर्ता ल्याएर देखाउँछौँ।’