अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा भोली ‘सेल्फी विथ केपी बा’

झापामा भोली ‘सेल्फी विथ केपी बा’


झापा -देशैभरी चुनावी माहोल तातिएको छ । बिभिन्न पार्टीका नेताहरु बिभिन्न स्थानमा ठुला ठुला आमसभाको कार्यक्रम गरिरहेका छन् । यसैबीचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि अहिले देशव्यापी रुपमा चुनावी आमसभालाई सम्बोधन गर्दै देश दौडामा निस्कनु भएको छ ।
अध्यक्ष ओलीको उपस्थितीमा झापाको दमकमा एउटा फरक र आकर्षक कार्यक्रमको आयोजना गरिएको छ । मतदाता र कार्यकर्ताले अध्यक्ष ओलीका भाषण सुन्ने मात्र होइन उहाँसँग सेल्फी खिच्ने छुट्टै कार्यक्रम समेत आयोजना गरिएको छ । यसलाई रोचक र प्रबिधि मैत्री कार्यक्रमको रुपमा सर्बसाधारणले लिएका छन् ।
कार्यक्रमको नै सेल्फी विथ केपी बा नामको छ । अध्यक्ष ओलीसँग सर्वसाधारणले आफै सेल्फी खिच्न पाउने छन् । खासगरी युवा युवती, किशोर किशोरीको अत्यधिक माग आएपछि यो कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ का संयोजक तथा सोही क्षेत्रका निर्वाचन परिचालन समितिका सचिव तुलसी कार्की जानकारी दिनुभयो ।


अध्यक्ष ओलीको निर्वाचन क्षेत्र झापा ५ स्थित दमकमा रहेको फन पार्कमा पार्टी अध्यक्ष ओलीसँग सेल्फी फोटो खिच्ने कार्यक्रम आयोजना गरिएको हो । कातिक २३ गते बुधबार अपरान्ह्र ४ बजेदेखि राती ८ बजेसम्म सेल्फी खिच्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष ओलीसँग निवासदेखि कार्यक्रममा समेत सर्वसाधारणले सेल्फी फोटो खिच्ने भिड लाग्ने गरेको छ । यस बीचमा पनि सबै इच्छुकले फोटोे खिच्न नपाएकाले सबै सर्वधारणकालागि अरु कुनै कार्याक्रम नराखी ४ घण्टाको सयम सेल्फी र फोटो खिच्नकालागि मात्र छृट्याउनु परेको संयोजक कार्कीले जानकारी दिनुभयो । अध्यक्ष ओलीसँग अत्यधिक रुपमा फोटो खिच्न नपाएको गुनासो आएपछि आफ्नै निर्वाचन क्षेत्रमा पहिलो पटक इच्छुक सर्बसाधारणले आफै सेल्फी खिच्ने छुट्टै कार्यक्रम तयार गरिएको हो । हरेक कार्यक्रममा बालबालिका, किशोर किशोरीमात्र होइन युवा र बृद्धबृद्धाले समेत नेकपा एमालेका अध्यक्ष ओलीसँग फोटो खिच्न रुचाउने भएकाले यो कार्यक्रम आयोजना गरिएको हो ।