अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको राजनीतिक दुरदर्शीता अरु नेतासँग तुलना हुन सक्दैन : तारादेवी ढकाल

केपी ओलीको राजनीतिक दुरदर्शीता अरु नेतासँग तुलना हुन सक्दैन : तारादेवी ढकाल


झापा-तारादेवी ढकाल कुनै बेला नेपाली कम्यूनिष्ट आन्दोलनका योद्धाहरुको संरक्षक बनेर उभिनुभएको थियो । पञ्चायत र कम्यूनिष्ट बिचको द्वन्द्व भएका बेला त्यसबेलाका सत्ताधारीबाट जोगिनका लागि कयौ कम्यूनिष्ट नेताहरु तारादेवीको घरमा आएर सुरक्षीत भएर बस्ने गर्नु हुन्थ्यो ।


मनमोहन अधिकारी, केपी शर्मा ओली, विद्यादेवि भण्डारी,सीपी मैनाली माधव कुमार नेपाल भरतमोहन अधिकारी, सिता पौडेल,विष्णु पौडेल लगायतका त्यसबेलाका नेताहरु तारादेवीका घरमा आउनु भयो । बस्नु भयो । जो÷जो नेताहरु यहाँ आएर बस्नु भयो अधिकांस नेताहरु महत्वपूर्ण स्थानमा पुग्नु भएको छ । प्रधानमन्त्री बन्नु भएको छ । राष्ट्रपति बन्नु भएको छ । यसमा तारादेवीलाई गौरव छ । ‘घोषित अघोषित रुपमा म नेताहरुको सेल्टरदाता थिंए’ ढकाल भन्नुहुन्छ ‘मेरो घरमा बसेर अहिले देशको उच्च तहमा पुगेका नेताहरु देख्दा मलाई गौराव लाग्छ ।’
तारा देवी नेकपा एमालेको तर्फबाट यसपाली प्रदेश नं १ को समानुपातिक साँसदको सुचीमा हुनुहुन्छ । अध्यक्ष केपी शर्मा ओलीले आफूलाई यो स्थान दिएको खुशी लागेको छ । ‘उहाँले कार्यकर्ताको उचित मूल्यांकन गर्नुहुन्छ । यस अघि कै निर्वाचनमा पनि साँसद हुने मेरो योग्यता पुगेकै हो’ ढकाल भन्नुहुन्छ ‘तर अध्यक्षज्यूले अनेक मानिसलाई चित्त बुझाउनु पर्ने बाध्यता थिए । त्यही भएर मेरो पालो अहिले आयो ।’


सार्वजनिक सञ्चार माध्यममा कमै मात्र देखिएकी ढकाल केपी ओलीले लिएको राजनीतिक लाइनलाई प्रष्ट रुपमा समर्थन गर्ने एक महिला नेतृ हुनुहुन्छ । केपी ओलीको अडान,मानिसहरुका निराशालाई आशा बदल्न सक्ने क्षमता,राष्ट्रवादी चिन्तन,कार्यकर्तालाई समान व्यवहार,दुरदर्शी भिजन,अरुले गरेका षडयन्त्रका चक्रव्यूहलाई तत्काल थाहा पाउन र त्यसलाई निष्तेज पार्न सक्ने अद्भुत क्षमताले देश बचेको ढकालको भनाइ छ ।
‘भारतीय नकाबन्दीको बेला कोही नेता बोल्न सके ? तर केपी ओली बोल्नुभयो । मेरा देशका नागरिकको चुल्हो निभाउने देशमा भ्रमणमा जान्न भन्ने अडान लिएपछि भारतले नाकाबन्दी खोलेको होइन ?’ ढकाल भन्नुहुन्छ ‘वर्षौं देखि भारतले कब्जा गरेको कालापानी लिपुलेक र लिम्पियाधुराका बिषयमा कसैले बोल्ने आँट गरेको थियो तर केपी ओलीले त्यो आँट मात्र होइन । त्यो जमिनलाई नेपालको नक्सामा गाभेर अब भूमि फिर्ता हुने वातावरण बनाउनुभयो ।’


अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य ढकाल यसपालीको निर्वाचनमा केपी शर्मा ओलीले अघिल्लो वर्षको निर्वाचन भन्दा बढी मतान्तरले विजयी हुने बताउनुहुन्छ । उहाँका अनुसार ओली प्रधानमन्त्री भएपछि भएको विकास निर्माण र यस क्षेत्रका जनताले पाएको सहुलियतले एमाले इत्तरका पार्टीका मानिस पनि ओलीको पक्षमा लाग्ने बताउनुहुन्छ ।
आफ्नो साँसद हुने पालो आएमा नेपालमा स्वास्थ्यमा देखिएको असमानता हटाउन र यूवाहरुलाई स्वदेशमै रोजगार दिलाउने, स्वरोजगार बनाउने गरीको कानुन बनाउन पहललिने तारादेवीको लक्ष्य छ । ढकाल र श्रीमान गणेश ढकालले दमकमा र काठमाडौंमा गरी इट्टा र काठ मिल सञ्चालन गरेर झण्डै ५ हजार जनालाई रोजगारी दिनुभएको थियो । आफू साँसदको रुपमा चुनिएमा मुख्यगरी स्वास्थ्य,शिक्षा,रोजगारी र आत्मनिर्भरतालाई प्रमुख मुद्धा बनाउने ढकालको योजना छ ।
२०१२ साल असोज २९ गते ताप्लेजुङको खेवाङमा जन्मनु भएकी तारादेवीले २०२८ साल देखि नै कम्यूनिष्ट पार्टीमा आवद्ध भएर काम थाल्नु भएको थियो । हिमालय माविमा त्यसबेलाका अनेरास्ववियुको अध्यक्षबाट राजनैतिक यात्रा सुरुवात गर्नु भएकी उहाँ अहिले अखिल नेपाल महिला सघंको केन्द्रिय सदस्य हुनुहुन्छ भने कलाकार सघंको पनि केन्द्रिय सदस्य हुनुहुन्छ । कुनै बेला दमक स्थित निवासमा साहना प्रधान जस्ता नेतृहरुलाई समते सेल्टर दिनुभएकी ढकालले नेपाली राजनीतिका आरोह अवरोह मात्र होइन नेताहरुका गतिविधीलाई नजिकबाट चिन्ने मौका समेत पाउनुभएको छ ।
कम्यूनष्टि भन्दा फरक बिचार राख्ने आफ्नो परिवारलाई उहाँले पार्टी र परिवारको सम्बन्धमा बिस्तारै सुमधुर बनाउँदै ल्याउनु भयो । उहाँका घरमा कम्यूनिष्ट पार्टीका नेताहरु आउन थाल्नु भयो । साह्रो गाह्रो पर्दा, दुख बिराम हुँदा उहाँकैमा आएर नेताहरु बस्नुहुन्थ्यो । त्यसबेलाका अत्यन्तै शशक्त नेताहरु आफ्नो घरमा आएर बस्दा र आफूले ति नेताहरुको सेवा गर्न पाउँदा तारादेविलाई गौरावान्वित महसुस हुन्थ्यो । सादा जीवन उच्च विचार भएका मनमोहन अधिकारी र केपी ओलीका हरेक व्यवहारबाट उहाँ र उहाँको परिवार नै प्रभावित भएको थियो । एउटा उद्योगीको पहिचान बनाएकी तारा देवी समयको अन्तरालमा आफूलाई साँसदको रुपमा पहिचान बनाएर मजदुर किसान र सर्वहाराको पक्षका नीति निर्माण गर्ने,विकास र समृद्धिको पक्षमा काम गर्ने भावना उत्कट रुपमा रहेको बताउनुहुन्छ ।