अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन सुरक्षाका लागि काठमाडौंबाट १२ हजार प्रहरी जिल्ला पठाइयो

निर्वाचन सुरक्षाका लागि काठमाडौंबाट १२ हजार प्रहरी जिल्ला पठाइयो


काठमाडौं-मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आजबाट काठमाडौं उपत्यकाबाट करिब १२ हजार प्रहरी जिल्लामा परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यकामा रहेका विभिन्न युनिटहरूबाट बाहिरका जिल्लामा ११ हजार ९ सय ६१ जना प्रहरी परिचालन गरिएको हो ।

निर्वाचनको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले सुरक्षा व्यवस्थापनका लागि प्रहरीहरु १२ दिन अघिनै जिल्ला पठाउन सुरु गरेको हो। काठमाडौं उपत्यकाबाट सबैभन्दा बढी ३ हजार ८ सय २ जना प्रहरी मधेस प्रदेशमा जान लागेका हुन् ।

निर्वाचन सुरक्षाका लागि यसअघि नै एक लाख म्यादी प्रहरीहरू परिचालन भइसकेका छन्। मतदान केन्द्रको सुरक्षामा म्यादी प्रहरी र नेपाल प्रहरी परिचालन हुनेछन्। त्यसभन्दा बाहिर राष्ट्रिय अनुसन्धान विभाग, सशस्त्र प्रहरी बल र नेपाल आर्मी परिचालन हुने छ।

देशभरका करिब २२ हजार मतदान केन्द्रमध्ये ३ हजार ६५ वटालाई अति संवेदनशील र ४ हजार ४ सय ७८ वटालाई संवेदनशील भनेर वर्गीकरण गरिएको छ। बाँकीलाई सुरक्षा जोखिमका हिसाबले सामान्य मतदान केन्द्र मानिएको छ।