अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : अध्यक्ष ओली

एमालेले जहाँ टेक्यो त्यहाँ विकास हुन्छ : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको बताउनुभएको छ ।

गृह जिल्ला झापाको शनिश्चरेस्थित सालबारीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक एमाले देशको प्रमुख पार्टी हो ।’

एमालेले जहाँ पुग्यो त्यहिँ विकास हुने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘एमाले जहाँ पुग्छ त्यहाँ विकास गर्छ, महत्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँले पनि बताएको छ, यहाँको विकासले पनि बताएको छ ।’

जंगल नमासीकन जंगलको संरक्षण गरेर सुखानी सहिद स्मृति पार्क, नजिकै पोखरी लगायत संरचना बनाइएको उहाँले बताउनुभयो ।

शहिदहरु नेत्र घिमिरे, रामनाथ दाहाल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको शालिक निर्माण भएको यस क्षेत्र पवित्र भूमि रहेको पनि अध्यक्ष ओलीले बताउनुभयो ।

Skip This